+

कुवेत पुगेका नेपाली फुटबल टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ

२०७८ जेठ  १७ गते १५:१७ २०७८ जेठ १७ गते १५:१७
कुवेत पुगेका नेपाली फुटबल टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ

१७ जेठ, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि गएराति कुवेत पुगेको थियो । त्यसपछि टोलीका सबै सदस्यले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । नेपाली टोलीमा रहेका सबै सदस्को रिपोर्ट नेगेटिभ आएको कुवेतबाट जानकारी प्राप्त भएको छ ।

शनिबार बासरामा भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६-२ ले पराजित भएको थियो ।

छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले बाँकी ३ खेल कुवेतमा खेल्नेछ ।

नेपालले जेठ २० गते चाइनिज ताईपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।नेपालको सबै खेल नेपाली समय अनुसार राती ९:४५ बजे सुरु हुनेछ ।

तीनवटै टिम फिफा वरीयतामा नेपाल भन्दा माथि छ । अष्ट्रेलिया फिफा वरीयतामा ४१औं स्थानमा छ भने जोर्डन ९५औं र चाइनिज ताइपेई १४१औं स्थानमा छ । नेपाल १७१औं स्थानमा छ ।

कतार पीसीआर रिपोर्ट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय