+
+

एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाइ गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १२:३८

एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाइ गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ । यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंकगरिएको खाता भेरीफाइ गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन ।

अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरुमार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्तिकनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अनलाइन सुविधाको थालनीले बैंकका ग्राहकहरुलाई हालको लकडाउनको अवस्थामा थप सहज हुने विश्वास गरिएको छ ।

आलाइन सेल्फ भेरिफाइ गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन रु. १ लाख तथा प्रतिमहिना रु १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ । पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा र्फम बुझाएर एक पटक भेरिफाइ गराउनु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?