Comments Add Comment

बार्सिलोनामा मेस्सीको सिग्नेचर मात्र हुन बाँकी

१९ जेठ, काठमाडौं। लिओनल मेस्सीले बार्सिलोनासँग सम्झदता नवीकरणको नजिक पुगेको र पेपर सिग्नेचर गर्न मात्र बाँकी रहेको स्पानिस अनलाइन मार्काले जनाएको छ ।

क्याम्प नोउमा मेस्सीले दुई वर्षको सम्झौता गर्ने मार्काले उल्लेख गरेको छ ।

अर्जेन्टाइन कप्तानसमेत रहेका मेस्सीको भविष्य अहिले शङ्काको घेरामा छ। उनको वर्तमान सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ । त्यसपछि उनी बार्सिलोनमै बस्छन् वा अन्त जान्छन् चासोको विषय बनेको छ।

तर बार्सिलोनाका अध्यक्ष जो लापोर्टा मेस्सीलाई क्लबमै राख्न चाहन्छन् र सम्झौता नविकरणको लागि प्रस्तावसमेत गरिसकेका छन् ।

मेस्सी भने हाल कोपा अमेरिका फुटबल र विश्वकप छनोटका लागि अर्जेन्टिनामा छन् । अर्जेन्टिनामै हुने भनिएको कोपा अमेरिका ब्राजिलमा सरेको छ र जुन १३ देखि सुरु हुँदैछ।

कोपाका मिगुएल रिकोका अनुसार बार्सिलोनामा मेस्सीको सम्झौताबारे सबै कुरा भइसकेको र सम्झौतामा हस्ताक्षर हुन बाँकी रहेको बताएका छन् ।

सन् २०२०/२१ सिजनमा तत्कालीन क्लब अध्यक्ष जोसेफ मारिया बार्तामेउसँगको लफडाका कारण मेस्सीले बार्सिलोना छाड्न आग्रह गरेका थिए । तर पछि उनी बार्सिलोनामै बसे ।

लापोर्टाको आगमनपछि मेस्सी क्याटलान क्लबमै रहने विश्वास गरिएको छ । केही दिनअघि मात्र बार्सिलोनामा अनुबन्ध भएका मेस्सीका अर्जेन्टाइन टिममेट सर्जियो अगुएरोले पनि मेस्सी बार्सिलोनामै रहने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment