Comments Add Comment

सुनको भाउ तोलामा १५ सयले घट्यो

२१ जेठ, काठमाडौं । सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो।

अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ  ९२ हवार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ ।

बिहीबार उक्त सुनको प्रतातोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाा थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment