+
+
Shares

पुस्तकालयबाट लगेको किताब ६४ वर्षपछि फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते १३:०४

आयरल्याण्डको एक पुस्तकालयबाट एकजना पाठकले पढ्नका लागि लगेको पुस्तक ६४ वर्षपछि फिर्ता गरेका छन् ।

आयरल्याण्डको मोनाघान पुस्तकालयबाट सन् १९५७ को जनवरी ११ मा हिलारी बेल्लोकद्धाा लिखित ‘द हेज एण्ड द हर्स’ नामक पुस्तक लगिएको रहेछ । पढ्नका लागि लगेको किताब ६४ वर्षपछि गत मे महिनामा फिर्ता गरिएको छ ।

पुस्तकालयमा ६ दशकसम्म पनि किताब फिर्ता नगर्दा जरिवाना त टन्नै लाग्नुपर्ने हो । पुस्तकालयको पूरानो नियमानुसार पुस्तक लैजाने ती पाठकले ६४ वर्षको जरिवानाबापत २ हजार डलर बराबरको रकम तिर्नुपर्ने थियो । तर पुस्तकालयले सन् २०१९ मै विलम्बबापतको शुल्क लिने पूरानो नियम खारेज गरेको हुनाले ती व्यक्तिले जरिवाना तिर्नु परेन ।

यति लामो समयसम्म किताब कहाँ थियो र किन फिर्ता गरिएन भन्ने कुराचाहिँ थाहा नभएको लाइब्रेरियन के क्यासिडीको भनाइ छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?