Comments Add Comment

सन्दीपले गुमाए टी-२० ब्लास्ट, उनको स्थानमा इश सोधीले खेल्ने

२३ जेठ, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा यही जुन ९ देखि सुरु टी भाइटालिटी ब्लास्ट गुमाउने भएका छन् ।

वर्सेस्टरसायर र्‍यापिड्समा अनुबन्ध भएका सन्दीपले बेलायतको भिसा ढिला आएको र क्वारेन्टिन नियमका कारण भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।

र्‍यापिड्सले आफ्नो आधिकारिक वेवसाइटमा सन्दीपले भिसा र पासपोर्ट इस्युका कारण ब्लास्ट गुमाउने भएको पुष्टि गरेको छ । साथै उनको स्थानमा न्युजिल्याण्डका स्पीनर इश सोधीलाई अनुबन्ध गरेको पनि जनाएको छ ।

हाल नेपाल बेलायतको रेड लिस्टमा रहेकोले सन्दीपको भिसा आए पनि क्वारेन्टिन बस्नुपर्ने नियमका कारण उनले अब जाँदा ५-६ खेल गुमाउने छन् ।

यस्तो अवस्थामा र्‍यापिड्सले सन्दीपलाई कुर्नुको सट्टा अर्को खेलाडी राख्नु नै उचित ठानेको हो ।

सन्दीपले शुक्रबार रातस भिसा आए पनि टु लेट भनेर ट्वीट गरेका थिए । अनि शनिबार उनले फेसबुक लाइभमा आएर भिसा र पासपोर्टकै कारण समयमा बेलायत जान नपाउँदा टी-२० ब्लास्ट खेल्न नपाउने बताएका थिए । ब्लास्ट खेल्न नपाउने भएपछि सन्दीपले निराशा व्यक्त गरेका थिए ।

नेपालबाट टी-२० ब्लास्टका लागि अनुन्ध हुने सन्दीप नै पहिलो खेलाडी थिए ।

भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को महिना हुने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता दी हन्ड्रेड लागि भने इंग्ल्यान्ड जाने छन् । हन्ड्रेड जुलाई २१ देखि सुरु हुँदैछ । जसका लागि सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment