+
+

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १०:३०

२४ जेठ, रौतहट । निषेधाज्ञाको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।

झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् ।

गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ छ ।

प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?