+
+
Shares

पशुपालक कृषकका लागि हटलाइन सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १७:४३

२४ जेठ, काठमाडौं । कोभिड महामारीमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सुरु गरेको छ । कृषकहरुको सहजताको लागि मंगलबारबाट ४ अंकको निःशुल्क हटलाइन सेवा सुरु गरिने एसोसिएसनले जनाएको छ ।

उक्त सेवा लिन कृषकले ११५९ डायल गर्नुपर्ने एसोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठले जनाकारी दिए । पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्री नम्बरमार्फत निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि हटलाइन फोन सेवा सुरु गरिएको श्रेष्ठको भनाइ छ ।

दुर दराजको कृषकलाई अभियानले विज्ञसँग सिधै जोडिदिने एसोसिएसनको विश्वास छ । पशुपन्छीको स्वास्थ्य, आहारा, प्रजनन, र अन्य व्यवस्थपकीय पक्ष सम्वन्धित समस्याहरुको समाधानका लागि आवश्यकताअनुसार टोल फ्री नम्बरबाट निःशुल्क विज्ञको परामर्श लिन सकिने र यो सेवा हाललाई अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४सै घण्टा उपलब्ध गराइएको छ ।

एसोसिएसनले यस वर्ष पनि प्रादेशिक कमिटीहरुबाट टेलीमेडिसिन परामर्श सेवा सञ्चालन गरेको र त्यसकालागि एसोसिएसनले देशभरिबाट करिब  ३०० पशु चिकित्सकहरुको सम्पर्क नम्बर सार्बजनिक गरेको पनि जनाएको छ ।

हटलाइन टोल फ्रि नम्बरमा सेवा प्रदानको लागि विभिन्न क्षेत्रमा पशुपन्छी उपचार सेवामा सक्रिय अनुभवी पशुचिकित्सहरुले सेवा प्रदान गर्नेछ भने टेलिमेडिसिन परामर्शमा प्रादेशिक कमिटी सहितको व्यवस्थापनमा करिब ३०० पशु चिकित्सकहरुको सहभागिता रहने एसोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?