+
+
Shares

पशुपति क्षेत्रमा सामूहिक खाना खुवाउन नदिन प्रहरीलाई कोषको पत्र

साधु सन्तमाथि हातपात गर्नेलाई कारबाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २५ गते १४:४३

२५ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले कोरोना महामारीको समयमा पशुपति क्षेत्रमा सामूहिक खाना खुवाउने काम रोक्न सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

मंगलबार कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले महानगरीय प्रहरी वृत्त गौशालालाई पत्र लेख्दै सामूहिक खाना खुवाउने काम रोक्न आग्रह गरेको हो ।

त्यस्तै, कोषले पशुपति क्षेत्रमा रहेका साधुसन्तमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पनि माग गरेको छ ।

प्रहरीलाई लेखेको पत्रमा आफूलाई सामाजिक अभियन्ता भन्ने महान नेपाल र विजय घिमिरेले पशुपति हंशमण्डपमा रहेका साधुमाथि हातपात गरेको र गाली गलौच गरेको पाइएकोले उनीहरुलाई कारबाही गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?