Comments Add Comment

राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई खाद्यान्न र नगद सहयोग

२६ जेठ, काठमाडौं । नेपाल तेक्वान्दो संघअन्तर्गत पारा कमिटीले आफ्नो मातहतमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगदसहित खाद्यान्न सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण समस्यामा परेका खेलाडीहरुलाई कमिटीले खाद्यान्न तथा नगद सहयोग गरेको हो । पारा कमिटीले खेलाडीहरु दीपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोवर्धन, विशाल गर्बुजा, रञ्जना धामी र सृजना घिसिङलाई २ बोरा चामल, १ कार्टुन खाने तेल, नून, ५ केजी दाल र ५ हजार नगदको दरले घर–घरमै पुगेर हस्तान्तरण गरेको हो ।

खेलाडीहरुलाई खाद्यान्न पारा कमिटीका सदस्य रोशित उन्निथानबाट उपलब्ध गराइएको थियो भने पारा कमिटिका सदस्य रामचन्द्र श्रेष्ठ, हेमन्त भट्टराई, र राजन उप्रेतीबाट नगद ४० हजार उपलब्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment