Comments Add Comment

सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए

२६ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् ।

सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् ।

सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेका उनका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment