Comments Add Comment

पोर्चुगलको सहज जित

२७ जेठ, काठमाडौं । ब्रुनो फर्नान्डेजको दुई गोलको मद्दतमा पोर्चुगलले मैत्रीपूर्ण खेलमा इजरायललाई ४-० ले पराजित गरेको छ ।

युरोकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सहज जित हात पार्दा क्रिस्टियानो रोनाल्डो र जाओ कान्सेलोले एक एक गोल थपे ।

खेलको ४२औं मिनेटमा ब्रुनोले गोल गर्दै अग्रता दिलाएका थिए भने रोनाल्डोले ४४औं मिनेटमा गोल गर्दै पहिलो हाफमा पोर्चुगलको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको अन्त्यतिर पोर्चुगलले दुई गोल थप्यो । ८६औं मिनेटमा कान्सेलोले गोल गरे । यस्तै इन्जुरी टाइममा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गरे ।

युरोकप शुक्रबार देखि सुरु हुँदैछ । साविक विजेतासमेत रहेको पोर्चुगल यस पटक ग्रुप अफ डेथमा छ । समूह एफमा पोर्चुगलसँगै विश्वविजेता फ्रान्स, जर्मनी र हंगेरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment