Comments Add Comment

यी हुन् अहिलेसम्मका युरोकप च्याम्पियन

साविक विजेता पोर्चुगलको टिम

२६ जेठ, काठमाडौं । मिनी विश्वकपको रुपमा रहेको युरोकपको १६औं संस्करण जुन ११ शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो पटक युरोपका ११ देशमा हुन लागेको युरोकपको उद्घाटन खेल इटलीको रोममा घरेलु टोली र टर्कीबीच हुनेछ ।

कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकपको रौनक पहिले जस्तो नरहे पनि अहिले विश्व फुटबल समर्थकको ध्यान युरोकपतिर तानिएको छ ।

युरोपका उत्कृष्ट २४ टिम प्रतियोगिताका लागि तयारी अवस्थामा छन् । युरोकपअघि सहभागी टिमहरुले वार्म अफ म्याच खेलेर आफूलाई तयार बनाएका छन् । यस्तै २४ टिम राष्ट्रले अन्तिम टोली पनि घोषणा गरिसकेको छ ।

अहिलेसम्म जर्मनी (पश्चिम जर्मनीसहित) र स्पेनले सर्वाधिक ३ पटक युरोकपको उपाधि जितेको छ । यस्तै फ्रान्सले दुई पटक उपाधि जित्दा सोभियत संघ, इटली, चेक रिपब्लिक, नेदरल्याण्ड्स, डेनमार्क, ग्रीस र पोर्चुगल एक/एक पटक विजेता बनेका छन् ।

सधैं दाबेदार रहँदै आएको इङ्ल्याण्डले उपाधि जित्न सकेको छैन । यस्तै अहिले फिफा विश्व वरीयतामा नम्बर वान पोजिसनमा रहेको बेल्जियमले पनि उपाधि जित्न सकेको छैन । पूर्वविजेता १० मध्ये यसपटक ग्रीसबाहेक अरु टिम छनोट भएका छन् । जसमा ६ पूर्वविजेता अहिले पनि उपाधि दाबेदारको रुपमा छन् । यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको इङ्ल्याण्ड र बेल्जियम पनि उपाधिको दाबेदारको रुपमा छन् ।

जर्मनीले अहिलेसम्म सर्वाधिक १२ पटक युरो खेल्दा ६ पटक फाइनल खेलेको थियो । जसमा तीन पटक भने उपविजेता बनेको थियो । स्पेन, इटली र फ्रान्सले यसअघि आयोजक रहँदा उपाधि जितेको थियो ।

यी हुन् अहिलेसम्मको १५ संस्करणको विजेता

सन् १९६० : सोभियत संघ

सन् १९६४ : स्पेन

सन् १९६८ : इटली

सन् १९७२ : पश्चिम जर्मनी

सन् १९७६ : चेकोस्लोभाकिया

सन् १९८० : पश्चिम जर्मनी

सन् १९८४ : फ्रान्स

सन् १९८८ : नेदरल्याण्ड्स

सन् १९९२ : डेनमार्क

सन् १९९६ : जर्मनी

सन् २००० : फ्रान्स

सन् २००४ : ग्रीस

सन् २००८ : स्पेन

सन् २०१२ : स्पेन

सन् २०१६ : पोर्चुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment