Comments Add Comment

राष्ट्रसंघले भन्‍यो : सन् २००० पछि पहिलोपटक बालश्रम बढ्यो

२७ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघले छिल्लो दुई दशकमा पहिलोपटक बाल श्रम बढेको बताएको छ ।

राष्ट्रसंघका अनुसार अहिले विश्वभर श्रमिक बालबालिकाको संख्या १६ करोड पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यो संख्या अझै बढी हुन सक्ने राष्ट्रसंघले बताएको छ ।

राष्ट्रसंघको बालबालिका कोष (युनिसेफ) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को एक प्रतिवेदनले पछिल्लो चार वर्षमा ८४ लाख बालबालिका बाल श्रममा धकेलिएका छन् । साथै सन् २०२२ को अन्तिमसम्ममा ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिममा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

अझै पनि सबैभन्दा खराब अवस्था भने आउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । आईएलओको आकलनअनुसार बालबालिकाहरुलाई महत्वपूर्ण सामाजिक संरक्षण उपलब्ध नगराउने हो भने बाल श्रममा धकेलिने बालबालिकाको संख्या ४ करोड ६० लाख पुग्न सक्छ ।

सन् २००० देखि २०१६ सम्मको अवधिमा विश्वभर बाल श्रममा लाग्ने बालबालिकाको संख्या ९ करोड ४० लाखले घटेको थियो । तर, त्यसयता भने बाल श्रममा लाग्ने बालबालिकाको संख्या बढिरहेको छ । प्रतिवेदनका अनुसार विश्वका समग्र बाल श्रमिकमा पाँचदेखि ११ वर्ष उमेर समुहका बालबालिकाको संख्या आधाभन्दा धेरै छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment