+
+
Shares

धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

श्रवण देव श्रवण देव
२०७८ जेठ २८ गते १४:३५

२८ जेठ, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ ।

शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका-६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । ‘अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले भने, ‘पोखरीमा खोजी अझै भइरहेको छ ।’

बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन ।

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?