Comments Add Comment

विपक्षी गठबन्धनमा ‘सेलिब्रेटी’ बनेका दीपक मनाङे

२८ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएपछि प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिन् ।

त्यसपछि शुक्रबार नै नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो दल कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरे ।

विपक्षी गठबन्धनका सांसद शुक्रबार सांसद पोखरेलसँगै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनीहरुले पोखरेलले प्रदेश प्रमुखलाई बुझाउने दावी पत्रमा प्रदेश प्रमुखकै कार्यालय परिसरमा हस्ताक्षर गरे ।

शुक्रबार प्रदेश प्रमुख कार्यालय पुगेका विपक्षी गठबन्धनका सांसद हर्षित देखिन्थे । हालै विपक्षी गठबन्धनमा जोडिएका स्वतन्त्र सांसद दीपक मनाङे पनि दिनभर चर्चामा रहे । धेरै सांसदले उनीसँग तस्वीर खिचाइरहेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment