Comments Add Comment

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

२९ जेठ, पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् । गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।

विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले संविधानको धारा १६८ (५० अनुसार मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार नै ३१ प्रदेशसभा सदस्यको सशरीर उपस्थितिसहित दाबी पेश गरेका थिए । प्रदेशसभा सदस्यहरुले त्यहीं हस्ताक्षर गरेका थिए ।

विपक्षी गठबन्धनले शुक्रबार नै मुख्यमन्त्री नियुक्ति होस् भन्ने चाहेको थियो । तर प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार दिउँसो ३ बजेसम्म समय रहेकाले त्यसपछि निर्णय लिने बताइन् ।

मुख्यमन्त्रीमा नियुक्तिको पर्खाइमा रहेका विपक्षी सांसदहरु पृथ्वीसुब्बा गुरुङको दाबी परेको सुन्नासाथ प्रदेश प्रमुख कार्यालय आइपुगे । उनीहरुले जसपा संसदीय दल र दुवै सांसदको समर्थन नेपालीलाई रहेको भन्दै गुरुङले पेश गरेकोे दाबी नक्कली भएको बताए । जनमोर्चाकी सचेतक पियारी थापाले पनि पार्टी साधारण सदस्य समेत नरहेका र सांसदबाट पदमुक्त भइसकेकाले कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु संवैधानिक अपराध भएको बताएकी छन् ।

कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले बहुमतलाई स्वीकार नगर्ने हो भने निषेधाज्ञा तोडेर प्रतिगमनविरुद्ध राजनीतिक आन्दोलन गर्ने र अदालत पनि जाने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment