+

वेल्स र स्विट्जरल्याण्डले बाँडे अंक

२०७८ जेठ  ३० गते ६:४० २०७८ जेठ ३० गते ६:४०
वेल्स र स्विट्जरल्याण्डले बाँडे अंक

३० जेठ, काठमाडौं । युरोकपअन्तर्गत आजको पहिलो खेलमा वेल्स र स्विट्जरल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

अजरवैजानको बाकु ओलम्पिक स्टेडियममा भर्खरै सकिएको खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको ४९औं मिनेटमा ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । एम्बोलेले जेर्दान शाकिरीको कर्नरमा हेडरमार्फत गोल गरेका थिए । त्यसअघि एम्बोलोकै प्रहार वेल्सका गोलकिपर डानी वार्डले उच्कृष्ट बचाउ गरेका थिए ।

तर ७४औं मिनेटमा किएफर मुरले वेल्सका लागि बराबरी गोल फर्काए । उनले जोए मोरेलको पासमा गोल गरे ।

८६औं मिनेटमा स्विट्जरल्याण्डका वैकल्पिक खेलाडी मारियो गाभ्रानोभिकले गोल गरेपनि भिएआरको सहायतामा रेफ्रीले अफसाइड दिएको थियो ।

बराबरीपछि समूह एमा दुवै टिमले समान १ अंक जोडेका छन् । यसअघि समूह्यको पहिलो खेलमा इटलीले टर्कीलाई ३-० ले पराजित गरेको थियो ।

अब वेल्सले टर्की र स्विट्जरल्याण्डले टर्कीसंग खेल्नेछ ।

युरोकप वेल्स स्विट्जरल्याण्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय