Comments Add Comment

वैज्ञानिक बन्ने सपना बोकेकी दिशा कसरी बनिन् नायिका ?

बलिउड नायिका दिशा पटानी आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । उत्तरप्रदेशको बरेलीमा जन्मिएकी दिशा पढाइमा निकै नै सिपालु थिइन् । उनी आफ्नो पढाइलाई अगाडि बढाउँदै गर्दा बैज्ञानिक बन्ने सपना देख्थिन् । सन् २०११ म लखनउमा एमिटी यूनिभर्सिटीमा बायोटेकको पढाई सुरु गरेपछि उनले मोडलिङ यात्रालाई पनि अगाडि बढाएकी थिइन् ।

कलेजको बिदाई पार्टीमा दिशालाई ‘मिस कलेज’ चयन गरिएको थियो । यसपछि उनले ‘मिस लखनउ’मा भाग लिइन् । यो प्रतिस्पर्धा जितेपछि दिशाको रंगिन दुनियाँको यात्रा सुरु भएको हो ।

मोडलिङको यात्रा अगाडि बढाउँदै गर्दा दिशालाई नायिका बन्ने सोच आएको थियो । दिशाले तेलुगु चलचित्र ‘लोफर’बाट करिअरमा डेब्यू गरेकी हुन् । हिन्दी चलचित्रमा भने दिशाले सन् २०१६ मा रिलिज भएको ‘एमएस धोनी’बाट करिअर सुरु गरेकी हुन् ।

दिशा पटानीको यो बर्ष मात्र चलचित्र ‘राधे’ रिलिज भएको थियो । यो चलचित्रमा उनको भूमिकालाई दर्शकले रुचाए । दिशाको बोल्ड अवतार पनि दर्शकको मनमा स्थान बनाएको छ ।

बलिउड नायक टाइगर श्राफसँग दिशाको प्रेम चर्चा चलिरहेको हुन्छ । तर, यी दुइले प्रेम स्विकार भने गरेका छैनन् । दिशाले अभिनय गरेको चलचित्र ‘बागी २’ पनि सुपरहिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment