Comments Add Comment

हतियारधारी समूहको आक्रमणमा नाइजेरियामा ५३ जनाको मृत्यु

३० जेठ, काठमाडौं । नाइजेरियाको उत्तरपश्चिममा रहेको जम्फारा प्रान्तमा एक हतियारधारी समूहको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको छ ।

प्रहरी तथा स्थानीय बासिन्दाका अनुसार मोटरसाइकलमा आएका हतियारधारी समूहले जुर्मी जिल्लाको कडावा, क्वाटा, मडुबा, गन्डा समु, सौलावा र अस्कावा गाउँका मानिसमाथि आक्रमण गरेका थिए । बिहीबार भएको यो आक्रमणमा उनीहरुले खेतमा काम गरिरहेका किसानमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

जम्फाराको प्रहरी प्रवक्ताले अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको बताएका छन् । स्थानीयले उक्त आक्रमणमा मारिएका मानिसको मलामी जान पनि त्रास रहेको बताएका छन् । अहिले जंगलमा लुकेर बसेका हतियारधारी मलामी गएका मानिसमाथि आक्रमणको लागि आउन सक्ने उनीहरुको आशंका छ ।

पछिल्लो समय नाइजेरियामा आतंकवादी गतिविधि बढेको छ । आपराधिक संगठनले हत्या, अपहरण, लुटपाट र घर जलाउने क्रम बढ्दो छ । उनीहरुले विद्यालयमा खानतलासी गर्ने र विद्यार्थीहरु अपहरण गरी फिरौती माग्नेजस्ता कार्य गर्दै आएका छन् । गत डिसेम्बरयता ८५० भन्दा धेरै विद्यार्थी अपहरणमा परिसकेका छन् । उनीहरुमध्ये अधिकांश फितौती रकम बुझाएपछि छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment