+
+
Shares

हर्षवर्धनले प्रेम खुलासा गरिदिएपछि रिसाइन् कट्रिना

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३० गते १२:५२

नायिका कट्रिना कैफ नायक रणवीर कपुरसँगको प्रेम सम्बन्धमा ब्रेक लागेपछि केही समय तनावमा रहिन् । यसपछि, आफ्नो जीवनलाई नयाँ तरिकाले अगाडि बढाउँदै गरेकी कट्रिना पछिल्लो केही महिनादेखि भने नायक विक्की कौशलको प्रेममा छिन् । तर, कैफ आफ्नो प्रेमको खबरलाई छताछुल्ल पार्ने मुडमा भने छैनन् ।

यसैले, यसपटक प्रेमलाई गोप्य रुपमा नै अगाडि बढाउने सोच उनको छ । तर, केही दिन अगाडि नायक हर्षवर्धन कपुरले नायिका कैफ र नायक कौशल प्रेम सम्बन्धमा रहेको पुष्टी गरिदिएका थिए । प्रेम सम्बन्ध सार्वजनिक भएपछि कैफ नायक कपुरसँग रिसाएकी छिन् ।

हर्षवर्धन र कट्रिनाविच खासै नजिकको सम्बन्ध छैन । अर्कोतिर, कुनै व्यक्तिको व्यक्तिगत बिषयमा कुरा गर्नका लागि अनुमती लिनुपर्ने वुझाई कैफको छ । हर्षवर्धनलाई आफ्नो निजी बिषयमा बोल्ने अधिकार नभएको भन्दै कट्रिना उनीसँग रुष्ट बनेकी हुन् ।

केही सार्वजनिक कार्यक्रममा एकसाथ देखिएपछि कट्रिना र विक्कीको प्रेम चर्चा बलिउडमा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?