Comments Add Comment

आनको रक्तदान कार्यक्रम

नेपाल विज्ञापन संघ (आन)ले जेठ ३० गते आइतबार ‘नेपाली बिज्ञापन सप्ताह’ जेष्ठ ३० गतेदेखि आषाढ ७ गतेसम्म एड-डे मनाउने सन्दर्भमा एड-डे को लागो सार्वजनिक गर्दै सम्पूर्ण बिज्ञापनदाता, बिज्ञापनकर्मी, मिडिया, मिडियाकर्मी, बिज्ञापन सर्जक तथा आम दर्शक तथा उपभोक्तामा शुभकामना दिएको छ ।

वाषिर्कोत्सव सचिवालय परिसर शान्ति नगरमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना पनि गरिएको छ ।

एड -डे को प्रायोजन बिजमान्डु र अम्बे स्टिलले गरेको छ । रक्तदान कार्यक्रममा आनका वर्तमान पदाधिकारीहरु तथा सदस्यहरु मिडियाका प्रतिनिधिहरु एवं विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियोे । उक्त रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment