Comments Add Comment

रहस्यमय हत्या : ६० जनाले हत्या स्वीकारे तर पत्ता लागेन असली हत्यारा

संसारमा कैयन् यस्ता हत्याकाण्डहरु छन् जो वर्षौँसम्म, अझ सधैंभरका लागि रहस्यरुपमा रहन्छन् र वास्तविक हत्यारा पत्ता लागेको छैन ।

अमेरिकामा एउटा हत्याकाण्ड यस्तै रहस्यमय छ । उक्त हत्याकाण्ड ब्लाक दाहिला हत्याकाण्डको नामले चर्चित छ ।

सन् १९४७ मा भएको यस घटनाले तत्कालीन अमेरिकालाई तरंगित बनाइदिएको थियो । यो हत्याकाण्डलाई अमेरिकाको लस एन्जल्सको सबैभन्दा पूरानो सुल्झिन नसकेको हत्याकाण्ड मध्येको एक मानिन्छ ।

अमेरिकाको बोस्टनमा बस्ने ब्लाक दाहिला उपनामले चिनिने एलिजाबेथ शर्टको हत्या भयो । बेपत्ता भएको ५ दिनपछि सन् १९४७ को जनवरी १५ मा उनको लास फेला परेको थियो । त्यतिबेला उनको उमेर जम्मा २२ वर्षको थियो ।

दर्दनाक त के थियो भने उनको लास कम्मरबाट आधा काटिएको थियो र शरीरका विभिन्न अंगमा गहिरो चोट थियो । धारिलो हतियारले मुखलाई कानसम्मै चिरिएको थियो ।
सामान्यतया हत्याका धेरै घटनाहरुमा हत्याराले अपराध स्विकार गर्दैन तर एलिजाबेथ शर्टको हत्याको घटना निकै अनौठो भयो ।

उक्त घटनाको प्रारम्भिक छानबिनकै क्रममा ६० जना मानिसले एलिजाबेथ शर्टको हत्या गरेको स्वीकार गरेका थिए । जसमा अधिकांश पुरुषहरु थिए । यद्यपि अनुसन्धानका क्रममा उनीहरु कसैको अपराध प्रमाणित भएन र सबैजना रिहा भए ।

अहिलेसम्म ५ सय भन्दा धेरै व्यक्तिले उक्त हत्याकाण्डमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । तर अचम्मको कुरा त के छ भने त्यसरी हत्या गरेको स्वीकार गर्नेमध्ये कतिपय त सो हत्याकाण्ड हुँदा जन्मिएका पनि थिएनन् । त्यसैले आफूले हत्या गरेको झुटो बयान दिने कतिपय मानिसहरुमाथि घटनालाई गुमराहमा राख्ने अभियोगमा समेत मुद्दा चलाउनु परेको छ ।

उक्त हत्याकाण्डमाथि विभिन्न पुस्तकहरु समेत लेखिसकिएका छन् । यो हत्याकाण्ड अमेरिकी इतिहासमै सबैभन्दा क्रूर र रहस्यमय हत्या अपराधमध्ये एक बनेको छ । टाइम म्यागेजिनले पनि यो हत्यालाई संसारकै सबैभन्दा रहस्यमय मामिलाको रुपमा सूचीबद्ध गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment