Comments Add Comment

भारतमा दैनिक नयाँ संक्रमितको संख्या मार्च ३१ यताकै कम

३१ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या ७० हजारमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाका दैनिक नयाँ संक्रमितको यो संख्या गत मार्च ३१ यताकै सबैभन्दा कम हो ।

भारतमा आइतबार १४ लाख ९२ हजार १५२ नमुना परीक्षण गरिएको थियो । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९५ लाख १० हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ३ हजार ९२१ जनाको मृत्यु भएको छ । महाराष्ट्रले यसअघिको मृतक संख्या अपडेट गर्दा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै देखिएको हो । महाराष्ट्रमा एकैदिन २ हजार ७७१ मृतक संख्या थप भएको हो । पछिल्लो २४ घण्टामा मृत्यु भएका २८४, गत साता मृत्यु भएका १९९ र बाँकी २ हजार २८८ सोभन्दा अगाडि नै मृत्यु भएकाको संख्यामा थप गरिएको हो ।

यससँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार ३०५ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १० लाखभन्दा कममा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment