Comments Add Comment

के अक्षय ‘बेल बटम’को पारिश्रमिकमा ३० करोड घटाउन तयार भएका हुन् ?

गतबर्ष भारतमा लकडाउन भैरहेको समयमा नायक अक्षय कुमारले चलचित्र ‘बेल बटम’को छायांकन गरेका थिए । यो चलचित्रका लागि अक्षयले ११७ करोड पारिश्रमिक लिएका थिए । यसपछि, अक्षयले सन् २०२२ मा रिलिज हुने सबै चलचित्रका लागि आफ्नो पारिश्रमिक बढाएर १३५ करोड पुर्याएका थिए ।

उनै, अक्षयले आफ्ना नजिकका साथी साजिद नाडियाडवालाको चलचित्र ‘बच्चन पाण्डे’का लागि भने ९९ करोड पारिश्रमिक वुझेका छन् ।

चलचित्र ‘बेल बटम’को प्रदर्शन मिति बारम्बार तोकिएपनि कोभिडका कारण यो चलचित्र रिलिज हुन सकेको छैन । यो चलचित्र हलमा रिलिज भएको खण्डमा कस्तो व्यापार गर्छ भन्न सकिने अवस्था छैन ।

यसैले पनि चलचित्रका निर्माता बासु भागनानीले चलचित्रको बजेट कम गर्ने प्रयास गरेका छन् । यसका लागि उनले नायक अक्षय कुमारलाई पारिश्रमिकमा ३० करोड घटाउन आग्रह गरेका छन् । यदि चलचित्र हलमा रिलिज भयो भने सामान्य अवस्थाको जस्तो कमाउन नसक्ने वुझाई निर्माताको छ ।

निर्माता बासुले ३० करोड पारिश्रमिक घटाउन गरेको आग्रहलाईअक्षयले सहर्ष स्विकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यता, नायक अक्षय कुमारले भने पारिश्रमिक घटाएको बिषयलाई झुटो भएको भन्दै ट्विट गरेका छन् । उनले, एक बिहानै आफूले झुटो खबर पढेको भन्दै ट्विट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment