+
+
Shares

सीजी फाउन्डेसनद्वारा बारा र रौतहटका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग 

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १४:४३

३१ जेठ, वीरगञ्ज । चौधरी ग्रुपद्वारा स्थापित सीजी फाउन्डेसनले बारा र रौतहटका दुई सरकारी अस्पताललाई चार थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । फाउण्डेसनले बाराको कलैया अस्पताल र रौतहटको गौर अस्पताललाई २/२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

सोमबार वीरगञ्जस्थित चौधरी ग्रुपको प्रदेश २ कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले फाउन्डेसनको तर्फबाट अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।

कोरोना संक्रमितको उपचारका लागि बारा र रौतहटका सरकारी अस्पताललाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको सीजी ग्रुपको प्रदेश २ प्रमुख सत्येन्द्रकुमार झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?