Comments Add Comment

राष्ट्रिय आविष्कार केन्द्रद्वारा सरकारलाई ५० थान भेन्टिलेटर हस्तान्तरण

३१ जेठ, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम यूएसएले प्रदान गरेको ५० थान भेन्टिलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा नेपाल ल्याएर सोमबार सरकारलाई हस्तान्तरण गरिएको हो ।

अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई भेन्टिलेटर हस्तान्तरण गरे ।

सहयोगस्वरुप प्रदान गरिएको भेन्टिलेटर स्वास्थ्य मन्त्रालयमार्फत नेपालका विभिन्न ९ वटा अस्पताललाई दिइने जनाइएको छ । सोमबार नै वीर अस्पताललाई १० वटा र सिभिल अस्पताललाई ५ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको छ ।

भेन्टिलेटर बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा बिरामीलाई बेडको अभाव हुन नदिने गरी आवश्यक पूर्वाधारको विकास गरिने बताए । स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने उल्लेख गर्दै उनले नेपालीहरुको जीवन बचाउनका लागि सहयोग गर्न अपीलसमेत गरे ।

स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको ५० थान भेन्टिलेटर ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment