+
+

कोरोनाभन्दा ठूलो समस्या निषेधाज्ञा नबनोस् : अध्यक्ष कटुवाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते १०:१५

१ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले अब निषेधाज्ञा थप गर्नु गलत भएको बताएका छन् । लामो समय बन्दाबन्दी भइसकेकाले अब स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर खुला गर्नु पर्ने अध्यक्ष कटुवालको भनाई छ ।

‘निकै लामो समय निषेधाज्ञा भइसकेको छ, यसले व्यापारव्यवसाय चौपटक भएको छ, मान्छेको रोजीरोटी गुमेको अवस्था छ’ अनलाइन्खबरसँगको कुराकानीमा उनले भने, ‘अब पनि बन्द नै गरिरहने हो भने देशको अर्थतन्त्र समस्यामा पर्छ, गरिखाने मान्छेहरुले खान पाउँदैनन् ।’

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आजदेखि लागू हुने गरी थप एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यद्यपि, पहिलेको भन्दा केहि खुकुलो बनाएर निषेधाज्ञा थप गरिएको हो । अब खाद्यान्न पसलमात्रै नभएर स्टेसनरी तथा हार्डवेयर पसलहरु पनि खुल्नेछन् ।

होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ । कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । हाल ७५ जिल्लामा निषेधाज्ञा कायम छ ।

अब लगभग सबै क्षेत्र खुला भइसकेको तर जुत्ता चपल तथा कपडा पसल लगायतका केहि व्यवसायहरु भने बन्दै राखिएको भन्दै अध्यक्ष कटुवालले बन्दमात्रै कोरोनाको समाधान नहुने बताए ।

‘कोरोना संक्रमणबाट जोगिन आफै पनि सचेत हुनुपर्छ, मापदण्डमा कडिकडाइ गरेर भए पनि अब व्यापार व्यवसुाय खुला गर्न दिनु नै उचित हुन्छ’ उनले भने, ‘यसका लागि कुन समयमा खोल्ने भनेर निश्चित समय तोकिदिए हुन्छ, कोरोना भन्दा ठूलो समस्या निषेधाज्ञा बन्नु भएन ।’

अझै केहि समय बन्द भए व्यवसायीहरुलाई कोठा भाडा तिर्न, कर्मचारीहरुको तलब खुवाउनमात्रै नभएर आफ्नै खर्च धान्न पनि समस्या हुने उनले बताए । बन्द लीम्बदै जादा सरकारको राजश्व समेत घट्ने भन्दै यसतर्फ सरकारले अलि ध्यान दिनु पर्ने अध्यक्ष कटुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?