+
+

मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै एलन मस्क

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते १३:११

प्रविधि जगतका अर्बपति टेस्ला कम्पनीका सीईओ एलन मस्कले आफ्नो बिक्री हुन बाँकी रहेको अन्तिम घर समेत बेच्ने योजना बनाएको खुलासा गरेका छन् ।

क्यालिफोर्नियास्थित बे एरियाको विशेष ठाउँमा रहेको आफ्नो सम्पत्ति बेच्न लागेको मस्कले ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

ठूलो परिवारका खातिर आफूले आफ्नो अन्तिम घरसमेत बेच्न थालेको मस्कको जिकिर छ ।

मस्कले आफ्नो ट्वीटमा लेखेको छन्–मेरो बँचेको घर बेच्ने निर्णय गरेँ । त्यहाँ (मंगल ग्रहमा) बस्ने ठूलो परिवारसँग जानका लागि यहाँको घर बेच्न आवश्यक परेको हो । यो निकै विशेष ठाउँ हो ।

मंगल ग्रहमा बस्ती बसाल्ने योजना पूरा गर्न रकम जुटाउनका लागि आफूले आफ्नो सबै घर सम्पत्ति बिक्री गर्ने मस्कले बताउँदै आएका छन् ।

मंगल ग्रहमा बस्ती स्थापना गरी सन् २०५० सम्ममा पृथ्वीबाट १० लाख मानिसलाई मंगल ग्रहमा पठाउने योजना उनको छ ।

स्मरण रहोस् मस्कलगायतका विभिन्न अर्वपतिहरुले कर छली गरेर निकै कममात्र कर तिरिरहेको रिपोर्ट सार्वजनिक भएको एक हप्तापछि मस्कले आफ्नो घर बेच्न लागेको बताएका हुन् ।

प्रो पब्लिकाले गत हप्ता सार्वजनिक गरेको रिपोर्टमा अमेजनका सीईओ जेफ बेजोस तथा बर्कशाएर कम्पनीका अध्यक्ष वारेन बफेटले आफ्नो आम्दानीको तुलनामा निकै कम आयकर तिरिरहेको र एलन मस्कले सन् २०१८ मा कुनै पनि संघीय आयकर नतिरेको खुलासा गरेको थियो । मस्कले सन् २०१५ र २०१७ मा ७० हजार डलर भन्दा कम आयकर तिरेको पनि उक्त रिपोर्टले देखाएको छ ।

गत महिना एक ट्वीट गर्दै मस्कले आफूसँग अब केवल सन फ्रान्सिस्को बे एरियामा एउटामात्र घर रहेको र त्यो पनि भाडामा दिएको बताएका थिए । उक्त घर ठूलो परिवारले किनेमा मात्र काम आउने खालको रहेको र भविष्यमा बिक्री हुने विश्वास व्यक्त गरेका थिए ।

आफ्नो अथाह सम्पत्तिको बारेमा भैरहने आलोचनालाई मथ्थर पार्नका लागि एलन मस्कले गत वर्ष आफ्ना सबै घर तथा अधिकांश सम्पत्ति बिक्री गर्ने घोषणा गरेका थिए । त्यसको केही दिनमै उनले क्यालिफोर्नियामा रहेका आफ्ना दुईवटा घर बिक्रिमा राखे ।

हाल एलन मस्क टेक्सासस्थित बोका चिकामा रहेको एउटा घरमा भाडामा बस्दै आएका छन् । उनले उक्त घरका लागि मासिक ५० हजार डलर भाडा तिर्दै आएको जनाएका छन् ।

रोचक त के भने मस्कले आफु बस्ने घर आफ्नै कम्पनी स्पेस एक्ससँग भाडामा लिएका हुन् ।

ब्लुम्बर्गबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?