+
+
Shares

राप्तीको बाढीमा फसेका चारजनाको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १०:१२

२ असार, बुटवल । अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

लमही नगरपालिका-७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका-२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर-३ का २६ वर्षकै गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण मंगलबार रातिदेखि नदीको बीचमा फसेका थिए ।

लमही-७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल भालुवाङका ९ जना र सशस्त्र प्रहरी क्याम्प लमहीका १६ जना गरी २५ जनाको टोलीले बुधबार बिहान उद्धार गरेको हो ।

बाढीमा फसेका उनीहरु भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?