+
+

नेप्से परिसूचक ३ हजार तल झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १५:०१

२ असार, काठमाडौं । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियाे । बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ ।

आइतबार २ हजार ९ सय ८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजार माथि पुगेर रेकर्ड कायम भएको थियो । मंगलबार झिनो अंकले ‘करेक्सन’ देखिए पनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो ।

बुधबार भने ३ हजार भन्दा तल झरेको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार सूचीकृत कम्पनीहरु मध्ये ५१ कम्पनीको नाम नै तोकेर जोखिम युक्त भनेपछिको असर सेयर बजारमा देखिएको छ । बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य घटिरहेको छ । काराेबार रकम भने १५ अर्ब ४८ कराेड रुपैयाँ माथि पुगेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?