+
+

नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज खोप सहयोग गर्न डब्ल्यूएचओको अपील

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १८:३७

२ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध एस्ट्राजेनेकाले बनाएको १४ लाख डोज खोप नेपाललाई सहयोग गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश पाडवले नेपाललाई खोप सहयोग गर्न  अन्तर्राष्ट्रिय आग्रह गरेका हुन् । डब्ल्यूएचओ नेपालले सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियोमा पाडवले भनेका छन्, ‘अहिले नेपालीहरुलाई तपाईंको सहयोग चाहिएको छ । उनीहरुले अन्य पर्यटकलाई देखाउने जस्तै उदारता अहिले उनीहरुलाई चाहिएको छ । अहिलेको आवश्यकता भनेको दोस्रो डोज लिन बाँकी रहेका ६५ वर्षभन्दा माथिका १४ लाख मानिसलाई खोप पुर्‍याउनु हो ।’

भारतको सेरम इन्ष्टिच्युटसँग खरिद गरेको कोरोना खोप (कोभिशिल्ड) खोप नआएपछि नेपालमा पहिलो डोज खोप लगाइसकेका १४ लाख मानिसहरु दोस्रो डोज खोपको पर्खाइमा छन् ।

भारतले तत्काल खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने सम्भावना कम देखिएकाले सरकारले अन्य मुलुकबाट भए पनि एस्ट्राजेनेकाको खोप ल्याउँदै दोस्रो डोज खोप दिने प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?