+

टर्कीको लगातार दोस्रो हार, वेल्स २-० विजयी

२०७८ असार  ३ गते ६:५८ २०७८ असार ३ गते ६:५८
टर्कीको लगातार दोस्रो हार, वेल्स २-० विजयी

३ असार, काठमाडौं । वेल्सले युरोकप २०२० मा पहिलो जित हात पार्दा टर्कीले लगातार दोस्रो हार बेहोरेको छ । समू ए अन्तर्गत बुधबार भएको खेलमा वेल्सले टर्कीलाई २-० ले पराजित गरेको हो।

अजरवैजानको बाकुमा भएको खेलमा वेल्सका लागि आरोन राम्से र कोनोर रोवर्टले गोल गरे । दुवै गोलका लागि कप्तान गारेथ बेलले असिस्ट गरे । तर बेल आफैँले पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

खेलको ४२औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा भिएआरको रिभ्युपछि वेल्सले पेनाल्टी पाएको थियो तर बेलको प्रहार पोष्ट बाहिर गयो । इन्जुरी टाइममा रोवर्टले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए।

पहिलो खेलमा स्वीट्जरल्याण्ड्सँग १-१ को बराबरी खेलेको वेल्स यस जितपछि २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा इटलीसँग ३-० ले पराजित टर्कीको यो लगातार दोस्रो हार हो ।

दुई खेलमा अपराजित वेल्सले नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ भने टर्की समूह चरणबाटै बाहिरिन सक्नेछ।

वेल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय