Comments Add Comment

अमेरिकासँग ‘वार्ता र द्वन्द्व’ दुवैका लागि उत्तर कोरिया तयार : किम जोङ

४ असार, काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नो मुलुकले अमेरिकासँग ‘वार्ता र द्वन्द्व दुवैका लागि’ तयार रहनुपर्ने बताएका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार किम जोङले बिहीबार सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् ।

बिहीबार उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा किमले अमेरिकासँगको सम्बन्धबारेको रणनीतिको प्रारुप पेश गरेका थिए । अमेरिकामा बाइडन राष्ट्रपति बनेपछि पहिलोपटक उत्तर कोरियाले आफ्नो अमेरिका नीति सार्वजनिक गरेको हो ।

यसअघि नै उत्तर कोरियाले बाइडनलाई उत्तर कोरियाप्रति शत्रुतापूर्ण नीति अपनाएको आरोप लगाएको थियो । यसअघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा उत्तर कोरियासँगको सम्बन्ध सुधारको लागि धेरै प्रयास भएको थियो । यद्यपि त्यसले खास्र महत्वपूर्ण नतिजा भने दिन सकेन ।

गत महिना दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनसँगको भेटघाटमा बाइडनले उत्तर कोरियाको आणविक गतिविधि त्याग्ने स्पष्ट योजना नहुँदासम्म किम जोङसँग भेटघाट नगर्ने बताएका थिए । बाइडनले ट्रम्प प्रशासनको पनि आलोचना गर्दै आफूले किमलाई यसअघिको प्रशासनले जस्तो अन्तर्राष्ट्रिय मान्यता दिन सहयोग नगर्ने बताएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment