Comments Add Comment

डिपाए बार्सिलोनामा अनुबन्ध

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मेम्फिस डिपाएलाई अनुबन्ध गरेको छ । यसै महिनाको अन्त्यमा डिपाएको सम्झौता फ्रेन्च क्लब लियोनसँग सकिँदैछ ।

त्यसपछि बार्सिलोना आउने विषयमा बार्सिलोना र डिपाएबीच सहमति भएको बार्सिलोनाले जनाएको छ ।

नेदरल्याण्ड्सका डिपाएलाई बार्सिलोनाले फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

२७ वर्षीय डिपाएलाई बार्सिलोनाले गत सिजन नै अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर बार्सिलोना तेस्रो प्रायसमा सफल भएको हो ।

डिपाएले २ वर्षका लागि सम्झौता गर्नेछन् । बार्सिलोनाले यस सिजन अनुबन्ध गरेको डिपाए चौथो खेलाडी हुन् । यसअघि नै बार्सिलोनाले सर्जियो अगुएरो, एरिक गार्सिया र एमरसनलाई अनुबन्ध गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment