+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासंघ काठमाडौं शाखाको ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते १९:२३

६ असार, काठमाडौं । वाग्मती प्रदेश सरकारको आफैं संचारगृह संचालन गर्ने निणर्य सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ वजेटमा वाग्मती प्रदेश सरकारले आफैंले सञ्‍चारगृह सञ्‍चालन गर्ने नीति ल्याएपछि पत्रकार महासंघ उपत्यका शाखाको समन्वयमा काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै तत्काल निणर्य सच्याउन आग्रह गरेको हो ।

महासंघ उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाको समन्वयमा काठमाडौं शाखाका सचिव महेश्वर गौतमले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले आफूले मुख्यमन्त्रीसमक्ष पत्र पठाउने बताए । ‘निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी वाग्मती प्रदेश सरकार आफैंले सञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गर्दै प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा अघि बढेको महासंघको ठहर रहेको छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

त्यस्तै ज्ञापन पत्रमा ‘संघीय सरकार मातहत रहेका सञ्चारमाध्यमसमेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा वाग्मती प्रदेश सरकार आफैले आमसञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजको प्रष्ट भएको उल्लेख गरिएको छ ।

देशभरका ६६ प्रतिशत सञ्चारमाध्यम र नेपाल पत्रकार महासंघका ४८ प्रतिशत सदस्य बागमति प्रदेशमा रहेको भन्दै पत्रमा आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरिएको छ । यस्तै सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गरिएको छ ।

महासंघ काठमाडौं शाखाले प्रदेश सरकार आफैंले संचार गृह चलाउने निणर्य फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्र बुझाउन उपत्यका प्रदेश समितिका सचिव रोशनराज पाण्डे, काठमाडौं शाखाका उपाध्यक्ष अप्सरा गौतम र पत्रकार अनुप प्रधान जिल्ला प्रसासन कार्यालय पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?