Comments Add Comment

सैफ अली खानको आलिशान ‘पटौदी प्यालेस’, जसको भित्री कथा यस्तो छ

बलिउड अभिनेता सैफ अली खानलाई चिनाउन कुनै विशेषण जोडिरहनु पर्दैन । उनको नाम नै काफी छ । हुन त उनी अभिनेत्री शर्मिला टैगोरकी पुत्र हुन् । शर्मिला टैगोर त्यही अभिनेत्री हुन्, जसले बलिउडमा पहिलो पटक विकिनी शूट गराइन् ।

सैफका पिता पटौदीका नवाब र चर्चित क्रिकेटर थिए । पिता मन्सुर अली खान पटौदी ‘टाइगर’ उपमाले पनि चिनिन्छन् । उनी भारतिय क्रिकेट टिमका पूर्व कप्तान थिए ।

सैफकी जीवनसंगी करिना कपूर आफैमा चर्चित अभिनेत्री । करियरको उत्कर्षमा रहँदा नै करिनाले सैफसँग विवाह गरिन् । भलै सैफको यो दोस्रो विवाह थियो । सैफ र करिना दुई सन्तानका आमाबुवा बनिसकेका छन् । उनीहरुको पहिलो सन्तान ‘तैमुर खान’ समेत लाइमलाटमा छन् ।

पहिलो पत्नीतर्फ सैफका दुई सन्तान छन् । त्यसमध्ये छोरी सारा अली खान बलिउडमा प्रवेश गरिसकेकी छिन् । यी सबै नालिबेलीसँगै सैफलाई चिनाउने अर्को प्रसंग छ, पटौदी प्यालेस । यो उनको निजी निवास हो र यसको भव्यताले सबैलाई चकित तुल्याएको छ ।

भारु ८ सय करोडको महल

ठूलो क्षेत्रफलमा निर्मित अत्यान्तै भव्य यो भवन र यसको वास्तुकला आकर्षण बनेको छ । हरियाणाको गुरुग्रामस्थि पटौदी प्यालेस सैफको पैतृक घर हो । हरेक सुविधाले युक्त यस आलिशान प्यालेसको मूल्य भारु ८ सय करोड बताइन्छ । यहाँ आधुनिक सुख सुविधासँग जोडिएका हरेक कुरा छन् ।

१ सय ५० कोठा र आन्तरिक सज्जा

प्यालेसमा ठूल ठूला कोठा, रुख बिरुवा, बगैचा छ । यसको आन्तरिक सज्जा पनि लोभलाग्दो छ । पटौदी प्यालेस दश एकडमा फैलिएको छ । यसको १ सय ५० कोठा छ । यसमा ड्रेसिङ रुम, सात बेडरुम, सात बिलियर्ड रुम, शानदार ड्रइङ रुम सामेल छ । महलको भित्र सजाइएको पेन्टिङहरुले समेत यसको भव्यतालाई उजागर गर्छ ।

पटौदी प्यालेसको निर्माण सन् १९३५ मा आठौं नवाब र भारतिय क्रिकेट टिमका पूर्व कप्तान इपिःतखार अली हुसैन सिद्दीकीले गराएका थिए । उनका छोरा एवं नवौ नवाब मन्सूर अलीले विदेशी आर्किटेकको मद्दत लिएर यसको पूर्ननिर्माण गरेका थिए ।

पटौदी प्यालेसको डिजाइन रबर्ड टोर रसेलले गरेका थिए । यसको निर्माणमा अस्टि्रयाका आर्किटेक कार्ल मोल्टज वोन हेन्जले समेत सहयोग गरेका थिए । कुनैबेला यस प्यालेसभित्र सय जना नोकर काम गर्थे ।

फिल्मको पैसाले प्यालेस फिर्ता लिए

सन् १९०० को सुरुवातमा पटौदी प्यालेको निर्माण भएको थियो । यसलाई इब्राहिम कोठीको नामले चिनिन्थ्यो । पटौदी प्यालेसलाई सैफका पिताले भाडामा दिएका थिए । उक्त प्यालेस होटलको रुपमा सञ्चालन गरिएको थियो । आखिरमा सैफ अली खानले पटौदी प्यालेस फिर्ता लिए । सैफले एक अन्र्तवार्तामा भनेका छन् कि, फिल्मबाट आर्जन गरेको पैसा उनले पटौदी प्यालेस फिर्ता लिनमा खर्च भयो । पटौदी प्यालेस फिर्ता लिएपछि सैफले यसको आन्तरिक सज्जा आफ्नो हिसाबले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment