Comments Add Comment

‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक

सुनिल गिरीको हिट गीत ‘को होला त्यो’ फिमेल भर्सनमा सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द, संगीत रहेको गीतको मेल भर्सन सुनिलले नै गाएका थिए । केही वर्ष अगाडि सार्वजनिक गीत युवा पुस्तामाझ निकै लोकप्रिय भएको थियो ।

मंगलबार गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो । यसको फिमेल भर्सनमा गायिका अस्मिता अधिकारीले स्वर दिएकी छिन् । फिमेल भर्सनको भिडियोमा मेल भर्सनकै कलाकार पल शाह र प्रकृति श्रेष्ठले अभिनय गरेका छन् ।

सुनिल गिरीकै निर्माण रहेको भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् । गीत सार्वजनिक भएसँगै यसमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार रुपैयाँ पुरस्कारको समेत घोषणा गरिएको छ ।

सुनिल गिरी ‘को होला त्यो’ आफ्नो विशेष गीत रहेको बताउँछन् । आफ्नो धेरै गीत आएपनि यो गीत सधै मनमा बसिरहेको बताएका छन् । गीतको छायांकनपक्ष उत्कृष्ट छ । निर्देशकले पल र प्रकृतिको जोडीलाई आकर्षक तरिकाले फिचरिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment