Comments Add Comment

युरोकपमा समूह चरणका अन्तिम ४ खेल आज हुँदै

९ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज समूह चरणका अन्तिम चार खेल हुँदैछ । आजको खेलहरु पनि समूह चरणका खेल सकिनेछ र अन्तिम १६ को समीकरण तय हुनेछ ।

अहिले चार समूहको विजेता र समूह विजेता अनि दुई उत्कृष्ट उपविजेताले अन्तिम १६ मा स्थान बनाएका छन् ।

यस्तै समूह इ र एफबाट पनि अन्तिम १६ मा पुग्ने एक एक टिमको टुङ्गो लागेको छ ।

आजको खेलपछि दुवै समूहको विजेता र उपविजेता अनि तेस्रो हुने मध्ये उत्कृष्ट चार टोलीको टुङ्गो लाग्नेछ ।

आज समूह इ अन्तर्गत स्लोभाकिया र स्पेन तथा पोल्याण्ड र स्वीडेनबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

स्पेनले घरेलु मैदान सेभियामा स्लोभाकियासँग खेल्नेछ । यसअघिका दुई खेल बराबरी खेलेको स्पेनलाई शीर्ष दुईमा रहन जितको आवश्यकता छ । स्लोभाकिया भने बराबरीले पनि नकआउट चरणमा पुग्न सक्नेछ ।

उता स्वीडेन र पोल्याण्ड रुसको सेन्ट पिटर्सवर्गमा भिड्नेछन् । २ खेलबाट ४ अंक जोडेको स्वीडेनले नकआउटमा स्थानमा पक्का गरिसकेको छ । पोल्याण्डमा पराजित गरेमा स्वीडेन समूह विजेता बन्नेछ।

यसैगरी राति १२:४५ बजे समूह एफको दुई महत्वपूर्ण खेल हुनेछ ।

ग्रुप अफ डेथको रुपमा रहेको यस समूहमा विश्वकप विजेतार य रोपेली विजेतासहित तीन पूर्व विजेता छन् ।

आज राति विश्व विजेता फ्रान्स र युरोपेली विजेता पोर्चुगलबीच बहुप्रतिक्षित भिडन्त हुनेछ । गत संस्करणमा फाइनल खेलेका यी दुई टोली यस पटक समूह चरणमै भिड्दैछन् ।

यस्तै जर्मनीले घरेलु मैदानमा हंगेरीसँग खेल्नेछ ।

फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ र जस्तो नतिजा आए पनि नकआउटमा प्रवेश गर्नेछ । जर्मनी र पोर्चुगलको समान ३ र हंगेरीको १ अंक छ ।

पोर्चुगललाई पराजित गरेमा फ्रान्स समूह विजेता बन्नेछ । यस्तै पोर्चुगललाई पनि फ्रान्सलाई हराउँदै समूह विजेता बन्ने अवसर छ तर त्यसका लागि जर्मनी र हंगेरीबीचको खेलको नतिजा कुर्नुपर्नेछ ।

यदि फ्रान्स र हंगेरी विजयी भएमा भने पोर्चुगल अन्तिम स्थानमा हुनेछ । जर्मनीले हंगेरीलाई पराजित गरेमा र फ्रान्ससँग एक गोल अन्तरले हारेमा पनि पोर्चुगल उत्कृष्ट तेस्रो टिममध्ये एक हुँदै नकआउट चरणमा प्रवेश गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment