+
+
Shares

पाकिस्तानको लाहोरमा विष्फोट, तीन जनाको मृत्यु, २१ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १६:३३

९ असार, काठमाडौं । पाकिस्तानको लाहोरस्थित जोहार टाउनमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

पाकिस्तानको प्रहरीले दिएको जानकारीअनुसार उक्त विष्फोटमा परी थप २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार अहिलेसम्म आठजना उपचारपछि घर फर्किएका छन् भने १३ जनाको उपचार भइरहेको छ ।

उक्त विष्फोट लस्कर ई ताइबाका संस्थापक हाफिज सइदको घरजनिकै गराइएको थियो । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार विष्फोटको कारण नजिकैका अन्य घरहरुमा क्षति पुगेको छ ।

घाइते हुनेमा एक प्रहरी अधिकारी पनि छन् । त्यतिबेदा प्रहरीहरु साइदको घरको सुरक्षाका लागि खटिइरहेका थिए ।

अहिलेसम्म उक्त विष्फोट आत्मघाती थियो वा कुनै डिभाइसको प्रयोग गरी गराइएको थियो भन्ने खुलेको छैन । प्रहरीले अहिले विष्फोटको विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

पञ्जाब प्रान्तका मुख्यमन्त्री उस्मान बुज्दारले विष्फोटको घटनाबारे चासो दिँदै प्रहरीलाई आवश्यक अनुसन्धानको लागि निर्देशन दिएका छन् ।

उनले पञ्जाबको सरकार पीडित र उनीहरुका परिवारको साथमाा रहेको बताएका छन् ।

 एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?