+
+

टोकियो ओलम्पिक : आयोजकले लगाए मदिराको व्यापारमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १७:२२

९ असार, काठमाडौं । जापानको टोकियोमा हुन गइरहेको ओलम्पिकमा मदिरा प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ ।

टोकियो-२०२० की अध्यक्ष साइको हाशिमोटोले बुधबार यस्तो घोषणा गरेकी हुन् । उनले प्रतियोगिताको क्रममा सुरक्षालाई ध्यानमा राख्दै यस किसिमको निर्णय गरिएको बताएकी छिन् ।

अब ओलम्पिक सुरु हुन केवल ३० दिन बाँकी छ र आयोजकको सम्पूर्ण ध्यान सुरक्षितरुपमा प्रतियोगिता गराउनुमा केन्द्रित देखिएको छ । आयोजकले स्टेडियमबाहिर मदिरा खरिद गरे पनि त्यसलाई भित्र लैजान नपाउने बताएको छ ।

यसअघि जापानका केही वरिष्ठ स्वास्थ्य अधिकारीहरुले मादक पदार्थको बिक्री र त्यसको प्रयोगले भौतिक दूरीको नियम पालना हुने सम्भावना कम हुने बताएका थिए । यसलाई मध्यनजर गर्दै जापानको टोकियोको अधिकांश स्थानमा मदिराको व्यापारमा रोक लगाउनुपर्ने बताइएको थियो ।

टोकियो ओलम्पिकका आयोजकले सोमबार करिब १० हजार घरेलु दर्शकलाई स्टेडियममा खेल हेर्ने अनुमति दिइने बताएको थियो । यद्यपि विदेशी दर्शकमाथि भने प्रतिबन्ध लगाइनेछ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?