+

फुटबलर विकास खवासको घुँडाको शल्यक्रिया

२०७८ असार  ९ गते १९:०९ २०७८ असार ९ गते १९:०९
फुटबलर विकास खवासको घुँडाको शल्यक्रिया

९ असार, काठमाडौं । फुटबलर विकास खवासको घुँडाको शल्यक्रिया भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरण छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा विकास घाइते भएका विकासको बीएण्डबी अस्पतालमा शल्यक्रिया भएको हो ।

कुवेतमा भएको उक्त खेलमा विकासले घाइते हुँदै ३० औं मिनेटमा मैदान छाडेका थिए । विकासको घुँडाको शल्यक्रिया भएको जानकारी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फेसबुकमार्फत दिएका छन् । उनले एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) को शल्यक्रिया गरिएको हो ।

सन् २०२० नोभेम्बर १३ मा बंगलादेशविरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका विकासले सिनियर टिममा ३ खेल खेलेका छन् ।

उनले उमेर समूहको खेलमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । त्रिभुवन आर्मी फुटबल क्लबबाट घरेलु फुटबल खेल्ने विकास एन्फा एकेडेमीका उत्पादन हुन् ।

 

फुटबलर विकास खवास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय