
९ असार, काठमाडौं । बाढी प्रभावित क्षेत्र सन्धुपाल्चोकको हेलम्वुबासीलाई सोलार प्यानल सहयोग हस्तान्तरण गरिएको छ । वेष्ट फाईनान्स कम्पनीले हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको हो ।
असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा विजुली बन्द भएको छ । उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उदेश्यले ४८ थान सोलार प्यानल हेलम्वु गांउपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
फाईनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको थियो । भेमाथाङ चौरमा गएको पहिरोसँगै मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका ठूलो धनजनको क्षति भएको छ ।
लेदो मिसिएको बाढीले मेलम्ची बजार तहसनहस भएको छ । सिन्धुपाल्चोकमा बाढीले गरेको क्षतिका हिसाबले सबैभन्दा बढी प्रभाव परेको ठाउँ हेलम्बु गाउँपालिका हो ।
प्रतिक्रिया 4