+

रोनाल्डो पीएसजी जाने चर्चा

२०७८ असार  १० गते ११:५१ २०७८ असार १० गते ११:५१
रोनाल्डो पीएसजी जाने चर्चा

१० असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अहिले पोर्चुगलका लागि युरोकपको उपाधि रक्षा गर्ने अभियानमा केन्द्रित छन् ।

इटालियन क्लब युभेन्ट्सबाट खेलिरहेका रोनाल्डोले युभेन्ट्स छाड्ने हल्ला चलिरहेको बेला फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले उनलाई अनुबन्ध गर्न सक्ने सम्भावना रहेको स्पानिस अनलाइन मार्काले उल्लेख गरेको छ ।

कोरेरे डेलो स्पोर्ट्सा अनुसार रोनाल्डोको एजेन्ट जोर्ज मेन्डेस रोनाल्डोको भविष्यबारे कुरा गर्न केही दिनमै मिलान जाँदैछन्।

रोनाल्डोको पार्टनर जर्जिना रोड्रिगेजले रोनाल्डो युभेन्ट्समै बस्नुपर्ने सुझाव दिए पनि रोनाल्डो युभेन्ट्स बसाइँको अन्त्यतिर पुगेको विभिन्न रिपोर्टले जनाएको छ ।

युभेन्ट्स रोनाल्डोलाई टिममा राख्न चाहन्छ तर रोनाल्डोलाई छोड्न पर्दा पनि दु:खी नहुने मार्काले जनाएको छ । युभेन्ट्समा रोनाल्डोको तलब वार्षिक ६० मिलियन युरो रहेको छ ।

अब रोनाल्डोको विकल्प के होला ? अहिलेको अवस्थामा केही निर्णय भएको छैन । तर रोनाल्डोको पहिलो रोजाइ रियल मड्रिड नै हुने सम्भावना छ । तर रियलले रोनाल्डोलाई भित्र्याउने विषयलाई बन्द गरिसकेको छ ।

पीएसजी र म्यानचेष्टर युनाइटेड पनि रोनाल्डोको लागि विकल्पको रुपमा छ । दुवै टोलीले रोनाल्डोलाई भित्र्याउन खेलाडी साटफेर डिल अनुसार एक खेलाडी युभेन्ट्स पठाउने प्रस्ताव गर्ने मार्काले जनाएको छ।

पीएसजी रोनाल्डो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय