Comments Add Comment

आफ्नै कीर्तिमानसँग बराबरी गरेपछि रोनाल्डोलाई अली दाइले दिए बधाई

१० असार, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने आफ्नै कीर्तिमान बराबरी गरेपछि एसियन फुटबल लेजेण्ड इरानका अली दाइले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् ।

रोनाल्डोले अहिले युरोकप २०२० अन्तर्गत बुधबार राति फ्रान्सविरुद्ध दुई गोल गर्दै दाइको नाममा रहेको १०९ गोलको कीर्तिमान बराबरी गरेका थिए । ३६ वर्षीय रोनाल्डोले युरोकपमा सर्वाधिक १४ गोल समेत गरिसकेका छन् ।

हंगेरीको बुडापेस्टमा भएको खेलमा फ्रान्सविरुद्ध दोस्रो पेनाल्टी गोलपछि उनले १७८ औं खेलमा उक्त कीर्तिमान बराबरी गरे । दाइले सन् १९९३ देखि २००६ सम्म खेल्दा १४९ खेलमा १०९ गोल गरेका थिए ।

‘बधाई क्रिस्टियानो रोनाल्डो जो पुरुषको अन्तर्राष्ट्रिय गोल स्कोरिङ कीर्तिमानबाट मात्र एक गोल टाढा छन्,’ दाइले इन्स्टाग्राममा लेखेका छन्, ‘यो उल्लेखनीय उपलब्ध रोनाल्डोको भएमोमा म सम्मानित छु ।’

दाइले रोनाल्डोलाई फुटबलको महान् च्याम्पियन भन्दै विश्वभरि जीवनलाई प्रभावित गर्ने र प्रभाव पार्ने मानव भनेका छन् ।

दाइले यसअघि पनि विभिन्न अवसरमा यदि रोनाल्डोले आफ्नो कीर्तिमान तोडेमा आफू खुशी हुने प्रतिक्रिया दिएका थिए । उनले रोनाल्डोलाई इतिहासको उत्कृष्ट तीनमा डिएगो म्याराडोना र लिओनल मेसीसँग राखेका छन् ।

पोर्चुगल समूह एफबाट उत्कृष्ट तेस्रो टिममध्ये पर्दै अन्तिम १६ मा पुगेकाले रोनाल्डोले दाइको कीर्तिमान यसै युरोमा तोड्ने सम्भावना छ । साविक विजेता पोर्चुगलले अन्तिम १६ मा विश्व नम्बर वान टिम बेल्जियमसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment