Comments Add Comment

धनगढी उपमहानगरपालिकाको बजेट संशोधन गर्न माग

१० असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट संशोधन गर्न नगरसभा सदस्यहरुले माग गरेका छन् ।

मंगलबार बसेको नगरसभामा प्रस्तुत गरेको एक अर्ब ८२ करोड बराबरको बजेट र नीति तथा कार्यक्रम संशोधन गर्न नगरसभा सदस्यले माग गरेका छन् ।

उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले छलफलका क्रममा उठेका सुझावका आधारमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिइने बताए ।

‘बुधबार र बिहीबार चलेको बैठकमा केही थप विषय समेट्नुपर्ने माग उठेको छ । ती सबै विषयलाई अन्तिम रुप दिएर बजेट पास गर्छौं’ उनले भने ।
गोदावरीको बजेट १ अर्ब १८ करोड

कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि एक अर्ब १८ करोड रुपैयाँको बजेट ल्याएको छ । बिहीबारदेखि सुरु भएको नगरसभा बैठकमा उपप्रमुख रत्ना कडायतले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

उनले चालुतर्फ ६६ करोड २२ लाख ९७ हजार रुपैयाँ र पुँजीगततर्फ ५२ करोड ४८ लाख ६० हजार रुपैयाँ बजेट राखिएको बताइन् । कैलालीकै घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८९ करोड ९९ लाख, टीकापुर नगरपालिका ७९ करोड, कैलारी गाउँपालिकाले ६३ करोडको बजेट ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment