+
+
Shares

महेन्द्रकुमारलाई मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीका महेन्द्रकुमार शाहलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढी–२ का मूर्तिकार महेन्द्रकुमार शाहले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाइरहेका छन्।
  • शाहले विश्वकर्मा पूजाका लागि हालसम्म १५ वटा मूर्ति बनाइसक्नुभएको छ र प्रतिमूर्ति रु सात हजारदेखि रु १२ हजारसम्ममा बिक्री गर्छन्।
  • झण्डै तीन दशकदेखि मूर्तिकार पेसा गर्दै आएका शाहले यही पेसाबाट आठ जनाको परिवार र बालबच्चाको शिक्षादीक्षा धानेका छन्।

३१ भदौ, धनगढी । धनगढीका महेन्द्रकुमार शाहलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ । झण्डै तीन दशकदेखि उनले मूर्तिकार पेसालाई अगाँल्दै आएका छन्। धनगढी उपमहानगरपालिका–२ का मूर्तिकार शाह यतिबेला विश्वकर्मा बाबाको मूर्ति बनाउने चटारोमा छन्। विभिन्न आकारमा मूर्तिको तयारी गर्न उनलाई हिजोआज भ्याइनभ्याइ छ ।

पूजाको लागि मूर्ति निर्माण गर्नेदेखि निर्माण गरिएका मूर्तिमा सिङ्गारपटार गर्ने, पेन्ट लगाउने, सजाउने, आकर्षक बनाउनेलगायतका कार्यमा व्यस्त हुने गरेको शाहले बताए। ‘विशेषगरी पूजाको दिन बजारमा कलकारखाना, उद्योग, औजार र उपकरणलगायतका काम हुने स्थानमा विश्वकर्माको मूर्ति राखेर पूजा गर्ने चलन छ’, उनले भने।

‘सोही पूजालाई मध्यनजर गरेर मैले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउन सुरु गरेको हुँ, धेरै समय लगाएर काम सुरु गर्यो भने सोचेअनुसारको काम गर्न सकिन्छ र अझै धेरै मूर्ति निर्माण गर्न सकिन्छ’ उनले भने।

मूर्तिकार शाहले विश्वकर्माको लागि १५ वटा मूर्ति निर्माण गरिसक्नुभएको छ । प्रतिमूर्ति रु सात हजारदेखि रु १२ हजार सम्ममा बिक्री गर्ने शाहले बताए।

एउटा मूर्ति बनाउँन झण्डै एक हप्ता लाग्ने गरेको छ। शाहले विश्वकर्माको पूजा, छठ पर्व, बडादशैँलगायतका चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्ने गरेका छन्।

मूर्ति निर्माणको लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायतका सामग्री चाहिन्छ। शाहले लामो समयदेखि बालबच्चाको शिक्षादीक्षासँगै आठ जना परिवारको खर्च सोही पेसाबाट धान्दै आएका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?