+
+
Shares

पत्थरीको शल्यक्रियाका क्रममा महिलाको मृत्यु भएपछि धनगढीको केजी हस्पिटलमा तनाव

मिर्गौलामा रहेको पत्थरीको शल्यक्रिया गरेकी महिलाको मृत्यु भएपछि धनगढीको केजी हस्पिटलमा तनाव सिर्जना भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १४:१०

२२ साउन, धनगढी । मिर्गौलामा रहेको पत्थरीको शल्यक्रिया गरेकी महिलाको मृत्यु भएपछि धनगढीको केजी हस्पिटलमा तनाव सिर्जना भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ५० वर्षीया समानी चौधरीको पत्थरीको शल्यक्रियाका क्रममा बिहीबार राति १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टले चौधरीको मृत्युपछि हस्पिटलमा तनाव सिर्जना भएको बताए । उनकाअनुसार अहिले हस्पिटल र चिकित्सकको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै आफन्तहरू विरोधमा उत्रिएका छन् ।

अहिले हस्पिटलको सुरक्षाका लागि बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । हस्पिटल प्रशासनमा व्यवस्थापन र पीडित पक्षबीच वार्ता भइरहेको छ । वार्तामा कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझासहितका जनप्रतिनिधि समेत सहभागी छन् ।

मृतकका आफन्तले भने हस्पिटलको लापरवाहीले समानीको मृत्यु भएपछि अहिले चार/पाँच लाख रुपैयाँमा घटना मिलाउन प्रस्ताव गरेको भन्दै थप आक्रोश व्यक्त गरेका छन् ।

हस्पिटलबाहिर आफन्तको भीड बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?