News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महानगरपालिकाले वर्षौंदेखि अतिक्रमणमा परेको ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण गरी पुरानो स्वरूपमा फर्काएको छ ।
- लिच्छविकालीन सम्पदाका रूपमा चिनिने यस पोखरीको स्थानमा पहिले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन निर्माण हुँदै थियो ।
- ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको सप्तपाताल पोखरी अब ललितपुरको प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ ।
२२ साउन, काठमाडौं । वर्षौंदेखि अतिक्रमणको चपेटामा परेको ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण गरिएको छ ।
ललितपुर महानगरपालिकाले लिच्छविकालीन सम्पदाका रूपमा परिचित सप्तपाताल पोखरी पुनर्निर्माण गरी पुनः ब्युँताइएको हो । उक्त स्थानमा नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन बन्दै थियो ।
ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको उक्त सम्पदालाई जोगाएर ललितपुर महानगरपालिकाले पोखरीलाई पुरानो स्वरूपमा फर्काएको हो ।
यो सँगै सप्तपाताल पोखरीले नयाँ स्वरूप पाएको छ । जिल्लाकै करिब मध्यभागमा पर्ने यो पोखरी अब ललितपुरकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4