+
+
Shares

नेपालमा ५२६ रोहिंग्या शरणार्थी

 जसमध्ये १६२ पुरुष, १४८ महिला र २१६ जना बालबालिका रहेको प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १६:०७
काठमाडौंको राममन्दिर क्षेत्रमा रोहिंग्या शरणार्थी शिविर । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा हाल ५२६ जना रोहिंग्या शरणार्थी बसोबास गर्दै आएको नेपाल प्रहरीले जनाएको छ ।
  • प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार शरणार्थीमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका रहेका छन् ।
  • उनीहरू काठमाडौँको कपन र ललितपुरको सुनाकोठी क्षेत्रमा बस्दै आएका छन् भने सीमा सुरक्षा व्यवस्था समेत बलियो बनाइएको प्रहरीले उल्लेख गरेको छ ।

२२ साउन, काठमाडौं । नेपालमा रोहिंग्या शरणार्थीको संख्या ५२६ रहेको छ ।

दक्षिण सीमा नाकाबााट विभिन्न मितिमा नेपाल प्रवेश गरेका रोहिंग्याको संख्या ५२६ रहेको नेपाल प्रहरीले बताएको छ ।  जसमध्ये १६२ पुरुष, १४८ महिला र २१६ जना बालबालिका रहेको प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए ।

उनीहरू कपन, र ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गर्दै आएका छन् । केही समय अघि प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपालमा रोहिंग्या लगायतका शरणार्थी प्रवेश भएको विषय उल्लेख गरेका थिए ।

यस्ता व्यक्ति छिर्न नदिनका लागि सीमा नाका सुरक्षा व्यवस्था समेत बलियो बनाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?